aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

गुराँस लाइफ इन्स्योरेन्सको नाफा घट्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २९ कार्तिक २०७८
गुराँस लाइफ इन्स्योरेन्सको नाफा घट्यो

 काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले लिमिटेडले चालू आवको पहिलो त्रैमासीक वित्तीय विवरण सोमबार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ४ दशमलव १४ प्रतिशत घटेको छ । 

कम्पनीले गत आवको पहिलो त्रैमासमा रू. ४ करोड २७ लाख ७२ हजार नाफा कमाएकोमा चालू आवको सोही अवधिमा घटेर रू. ४ करोड ९ लाख ९९ हजारम ाझरेको हो । चालू आवको पहिलो त्रैमासमा कम्पनीको आम्दानीमा कमि आएकाले नाफा घटेको हो । कम्पनीको आम्दानी गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १६ प्रतिशत घटेको छ । 

कम्पनीको चुक्ता पुँजी रू. १ अर्ब ९७ करोड रहेको छ भने जगेडामा रू. ५७ करोड ५३ लाख ८७ हजार सञ्चित गरेको छ । त्यसैगरी बीमा कोषमा रू. १० अर्ब ८८ करोड १८ लाख सञ्चित गरेको छ । यो कोष गत आवको पहिलो त्रैमासको तुलनामा २७ प्रतिशत वृद्धि भएको हो । 

त्यसैगरी चालू आवको पहिलो त्रैमासमा कम्पनीको बीमाशुल्क आर्जन पनि गत आवको पहिलो त्रैमासको तुलनामा १० प्रतिशत घटेको छ । कम्पनीले गत आवको पहिलो त्रैमासमा रू. ९७ करोड ३ लाख ८८ हजार बीमाशुल्क आर्जन गरेकोमा चालू आवको सोही अवधिमा घटेर रू. ८७ करोड २० लाख २८ हजारम ाझरेको छ । त्यस्तै कम्पनीको प्रतिशेयर आम्दानी(वाषिंक) रू. ८ दशमलव ३०,मूल्य अमाम्दानी अनुपात ७० दशमलव ५९ र प्रतिशेयर नेटवर्थ रू. १३२ दशमलव २५ रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस