aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

जनरल इन्स्योरेन्स कम्पनीको नाफा ६१ प्रतिशत बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २९ कार्तिक २०७८
जनरल इन्स्योरेन्स कम्पनीको नाफा ६१ प्रतिशत बढ्यो

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण सोमबार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ६१ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवको पहिलो त्रैमासमा रू. २ करोड ३७ लाख ८५ हजार नाफा कमाएकोमा चालू आवको सोही अवधिमा बढेर रू. ३ करोड ८३ लाख ५४ हजार पुगेको हो ।

 चालू आवको पहिलो त्रैमासमा कम्पनीको आम्दानीमा वृद्धि भएसँगै नाफा बढ्न टेवा पुगेको हो ।आम्दानी गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ६१ प्रतिशत वृद्धि भएको छ । त्यसैगरी कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब रहेको छ भने जगेडामा रू. १० करोड ४७ लाख ५९ हजार र बीमा कोषमा रू. १२ करोड ८ लाख ५ हजार सञ्चित गरेको छ । चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले कुल रू. २५ करोड ७१ लाख २१ हजार बीमा शुल्क आर्जन गरेको हो । यो बीमाशुल्क गत आवको पहिलो त्रैमासको तुलनामा ३४ प्रतिशत वृद्धि भएको छ ।

 गत आवको पहिलो त्रैमाससम्मममा कम्पनीले रू. १९ करोड ५ लाख १ हजार बीमाुशल्क आर्जन गरेको थियो । कम्पनीको प्रतिशेयर आम्दानी रू. १५ दशमलव ३४, मूल्य आम्दानी अनुपात ३६ दशमलव ८३ गुणा र प्रतिशेयर नेटवर्थ रू. १२३ दशमलव ४९ रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस