aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

सुपर मादी हाईड्रोपावरको आईपीओ आउँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २९ कार्तिक २०७८
सुपर मादी हाईड्रोपावरको आईपीओ आउँदै

काठमाडौं । सुपर मादी हाईड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणलाई ३१,५०,००० कित्ता प्रारम्भिक शेयर(आईपीओ)को निष्काशनका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर प्रत्याभूतिमा नियुक्त भएको छ । 

 आईतबार सम्झौतामा सुपर मादी हाईड्रोपावर कम्पनी लिमिटेडलका तर्फबाट कार्यकारी अध्यक्ष पुष्प ज्योति ढुंगाना तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन । 

कम्पनीले कास्की जिल्लाको मादी नदीमा ४४ मेगावाट क्षमताकोे हाइड्रोपावर आयोजना निर्माण गरीरहेको छ । हालसम्म कम्पनीको ८० प्रतिशत भौतिक कार्य सम्पन्न गरेको र कम्पनीले शेयर निष्काशनको अनुमतीको लागि विद्युत नियमन आयोगमा निवेदन पेश गरिसकेको कम्पनीले दावी गरेको छ  ।

स्वीकृति पश्चात तुरुन्तै नेपाल धितोपत्र बोर्डमा शेयर निष्काशनको अनुमतीको लागि निवेदन पेश गर्ने कुरा कम्पनीका कार्यकारी अध्यक्ष पुष्प ज्योति ढुंगानाले जानकारी गराए । 


 

प्रतिक्रिया दिनुहोस