aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

नेपाल लाइफको बीमाशुल्क ९ अर्ब ७४ करोडभन्दा बढी पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० कार्तिक २०७८
नेपाल लाइफको बीमाशुल्क ९ अर्ब ७४ करोडभन्दा बढी पुग्यो

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क ९.२१ प्रतिशत बढेर ९ अर्ब ७४ करोड ७१ लाख रुपैयाँ पुगेको छ। इन्स्योरेन्सले शेयर लगानी नोक्सानी बापत १८ करोड ८ लाख ८९ हजार रुपैयाँ छुट्याएका कारण खुद नाफा उल्लेख्य घट्न पुगेको हो। 

इन्स्योरेन्सको नाफामा ९६.९३ प्रतिशत कम कमी आएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै यस्तो विवरण प्रकाशन गरेको हो । चालु आवको पहिलो त्रैमासमा  इन्स्योरेन्सले ७० लाख ३३ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको छ। सोही अवधिसम्ममा इन्स्योरेन्सले २२ करोड ९० लाख रुपैयाँ नाफा कमाएको थियो।

नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि घटेको छ। असोज मसान्तसम्ममा इन्स्योरेन्सको यस्तो आम्दानी ०.३९ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ ८५ पैसा रहेको छ। त्यसैगरी, इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ४३३८.०३ गुणा रहेको छ।

असोज मसान्तसम्ममा कम्पनीले जीवन बीमा धितो बापत २० अर्ब ५७ करोड ३२ लाख रुपैयाँ कर्जा लगानी गरी ५९ करोड ८४ लाख रुपैयाँ आम्दानी गरेको छ। सो अवधिसम्ममा इन्स्योरेन्सले १६ हजार १२० दाबीबापत ३ अर्ब ९१ करोड ६७ लाख रुपैयाँ भुक्तानी गरिसकेको छ। त्यसैगरी, इन्स्योरेन्सको जीवन बीमा कोष २५.२५ प्रतिशत र महाविपत्ती कोष ३.८३ प्रतिशत बढेको छ।

प्रतिक्रिया दिनुहोस