aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

सूर्या लाइफ इन्स्योरेन्सको नाफामा ३३.४१ प्रतिशतले वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० कार्तिक २०७८
सूर्या लाइफ इन्स्योरेन्सको नाफामा ३३.४१ प्रतिशतले वृद्धि

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको नाफामा ३३.४१ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एक अर्ब ११ करोड ६४ लाख रुपैयाँ खुद बीमाशुल्क कमाएको मंगलबार सार्वजनिक गरेको वित्तीय रिपोर्टमा उल्लेख छ। 

कम्पनीको खुद नाफा पनि ११.८० प्रतिशतले बढेको छ । कम्पनीले खुद नाफा ११ करोड ३५ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले १० करोड १६ लाख रुपैयाँ खुद नाफा रहेको थियो। 

खुद नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि बढेको छ। गत आर्थिक वर्षको यहि अवधिको तुलनामा प्रतिशेयर आम्दानी १ रुपैयाँ २२ पैसाले बढेर २० रपैयाँ ८ पैसा पुगेको छ। गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ८३ करोड ६८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

चुक्ता पूँजी २ अर्ब २६ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ९७ करोड ७३ लाख रुपैयाँ रहेको छ । जीवन बीमा कोषमा ११ अर्ब ५१ करोड रुपैयाँ र महाविपत्ती कोषमा १६ करोड ३४ लाख रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस