
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले शुक्रवारदेखि संस्थापकतर्फको अवितरित हकप्रद शेयर पुन लिलामीमा विक्री गर्ने भएको छ । कम्पनीले असार ५ देखि १२ गतेसम्म अवितरित हकप्रद शेयर लिलामीका विक्री खुला गरेका बेलामा संस्थापकतर्फको ९० हजार ५७१ कित्ता शेयरमा विक्रि भएको थिएन ।
पहिलो पटकको लिलामीमा संस्थापकहरुले मात्र आवेदन गर्नुपर्ने व्यवस्था रहेपनि यस पटक भने इच्छुक जो कोहीले पनि खरीद गर्न सक्ने गरी लिलामीमा आएको हो ।
यस शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको हँुदा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ । न्यूनतम १ हजार कित्ता र सोभन्दा बढीका लागि १० अंकले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सकिनेछ ।
यो शेयर खरीद गर्न चाहनेहरुले साउन १० गते बैंकिङ समयभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ । विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ ।
प्रतिक्रिया दिनुहोस