aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

एलआइसीको बीमा शुल्क ५ अर्ब २२ करोड ८९ लाख पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० कार्तिक २०७८
एलआइसीको बीमा शुल्क ५ अर्ब २२ करोड ८९ लाख पुग्यो

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल(एलआइसी)को बीमा शुल्कमा ३.८९ प्रतिशतले वृद्धि भएर ५ अर्ब २२ करोड ८९ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ।  चालु आर्थिक वर्षको पहिलो त्रैमासको भन्दा अघिल्लो सोहि अवधिमा ५ अर्ब ३ करोड ३१ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो।

यस अवधिमा इन्स्योरेन्सले लगानी, कर्जा तथा अन्यबाट १ अर्ब ५४ करोड २३ लाख रुपैयाँ र बीमालेख धितोमा १४ अर्ब करोड १६ लाख रुपैयाँ कर्जा लगानी गरी ३८ करोड १ लाख रुपैयाँ आम्दानी गरेको छ।

बीमांकिय मूल्यांकन अघि यस अवधिमा इन्स्योरेन्सको खुद नाफा ३ करोड १९ लाख रुपैयाँले घटेको छ। कम्पनीको जगेडा कोषमा ६६ करोड ८९ लाख रुपैयाँ, जीवन बीमा कोषमा ८३ अर्ब ४० करोड ४२ लाख रुपैयाँ र महाविपत्ती कोषमा २६ करोड ७३ लाख रुपैयाँ सञ्चित रहेको छ। कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १ रुपैयाँ ४४ पैसा, प्रतिशेयर नेटवर्थ १४२ रुपैयाँ ७ पैसा र मूल्य आम्दानी अनुपात १३९०.३७ गुणा छ।
 

प्रतिक्रिया दिनुहोस