
काठमाडौं । नेपाल ईन्जिनियर्स एशोसिएसनले साउन २ र ३ गते दुई दिनसम्म मनाउने एशोसिएसनको ५७ औं ईन्जिनियर दिवसको तयारी पुरा गरेको छ ।
काठमाडौको प्रदर्शनीमार्गस्थित् राष्ट्रियसभा गृह र काठमाडौं बाहिर प्रदेश राजधानीस्थित एशोसिएसनका प्रादेशिक कार्यालयहरु धनगढी, सुर्खेत, बुटवल, पोखरा, हेटौंडा, जनकपुर र विराटनगरमा समेत विविध कार्यक्रम गरि उक्त दिवस मनाउन लागिएको एशोसिएसनका अध्यक्ष ई. प्रा.डा. त्रिरत्न बज्राचार्यले जानकारी दिए ।
अध्यक्ष बज्राचार्यका अनुसार उक्त दिवसलाई भव्य रुपमा सफल तुल्याउनको लागि ‘‘गोदावारी स्टिल्स’’ले मुख्य प्रायोजनको भुमिका निर्बाह गर्ने भएको छ । त्यस्तै, वसरमा मुख्य आकर्षणको रुपमा ईन्जिनियर समुदायको तर्फबाट समाज तथा राष्ट्रका लागि उत्कृष्ट योगदान पु¥याएका ईन्जिनियर÷आर्किटेक्ट तथा संस्थालाई लाईफ टाईम एचिभमेन्ट अवार्ड (पाँच जना सदस्यहरुले संयुक्त सिफारिश गरि पठाउनुपर्ने), डिस्टिंग्युस्ड अन्टरप्रन्युरसिप अवार्ड, सहिद ई. नवराज बिष्ट स्मृति अवार्ड, आउटस्ट्याण्डिङ् युथ प्रोफेशनल अवार्ड, आउटस्ट्याण्डिङ वुमेन ईन्जिनियर अवार्ड, र ईन्जिनियर्स एप्रिसिएशन अवार्ड गरि विभिन्न ६ विधामा अवार्ड पनि प्रदान गरिने एशोसिएसनले जनाएको छ ।
एशोसिएसनले विकासका कार्यक्रम लिएर जनताको घरदैलोमा पुग्ने इन्जिनियरहरुको सेवालाई अधिकारसम्पन्न बनाउन सरकारले काम गर्नुपर्ने पनि माग गरेको छ । एशोसिएसउनले यस वर्षको ईन्जिनियर दिवसको मूल नारा “समृद्ध नेपाल निर्माणका लागि ईन्जिनियरिङ सेवा” तय गरेको छ ।
अध्यक्ष बज्राचार्यले जबसम्म मुलुकमा प्राविधिक जनशक्तिको सेवाको सम्मान तथा दक्षताको उचित सम्बोधन गरिदैन तबसम्म मुलुकको पूर्वाधारलगायत आर्थिक तथा सामाजिक विकास संभव नभएको जिकिर गरे ।
कार्यक्रममा एशोसिएसनका महासचिव ई. छविराज पोख्रेलले ईन्जिनियरहरु देशको महत्वपूर्ण जनशक्ति भएकोले उनीहरुलाई उच्च मनोवलका साथ काम गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए । उनले भने,‘यो पेशा जोखिमयुत्त पेशा हो ।’ उनले भोलिको कार्यक्रममा नै २० हजार ईन्जिनियरहरुको सामूहिक दुर्घटना विमा गरिने पनि जनाए । त्यस्तै, उनले ईन्जिनियरिङ सेवा ऐनपनि आउन लागेकोमा खुशी व्यक्त गरे ।
राज्यले ईन्जिनियरहरुलाई विश्वास र साथमा लिएर काम गर्नुपर्नेपनि बताए । उनले सरकारले बजेट र नीति तथा कार्यक्रममा पनि ईन्जिनियरिङ स्टाफ कलेज स्थापना गर्ने भनिसकेकोले त्यसमा खुशी व्यक्त गरे ।
एशोसिएनका अनुसार २० हजार ईन्जिनियरको गरिने दुर्घट्ना विमा नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय विमा कम्पनी लिमिटेडसँग गरिने भएको हो ।
विमांक दश लाख रहनेछ भने प्रिमियम पचास लाख तिर्नुपर्नेछ । तर, आफूहरुको चाहना विमा दाबी गर्न नपरोस भन्ने रहेको पनि अध्यक्ष बज्राचार्यले सुनाए । अहिलेलाई एशोसिएसनले नै प्रिमियम तिरिदिने भएको छ ।
प्रतिक्रिया दिनुहोस