
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आ.व. २०७८/०७९ को पहिलो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन २२.८१ प्रतिशतले बढेर एक अर्ब ८३ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ । गत वर्षको यहि अवधिमा कम्पनीले एक अर्ब ४९ करोड रुपैयाँ थियो ।
कम्पनीको जीवन बीमा कोष ६७ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिसम्ममा यस्तो कोषमा ८ अर्ब ५८ करोड रुपैयाँ जम्मा भएको छ । गत वर्षको यहि अवधिमा यस्तो कोषमा ५ अर्ब १२ करोड रुपैयाँ मात्रै थियो ।
कम्पनीले उक्त अबधिमा तीन करोड ४४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा कम्पनीले दुई करोड ४१ लाख रुपैयाँ आर्जन गरेको थियो ।
कम्पनीको चुक्ता पूँजी २ अर्ब १५ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा एक अर्ब १२ करोड रुपैयाँ रहेको छ । प्रस्तुत मुनाफाका आधारमा प्रतिशेयर आम्दानी भने ६ रुपैयाँ मात्रै छ ।
प्रतिक्रिया दिनुहोस