aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

सानिमा लाइफ इन्स्योरेन्सको खुद बीमा शुल्क ४४ प्रतिशतले बृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० कार्तिक २०७८
सानिमा लाइफ इन्स्योरेन्सको खुद बीमा शुल्क ४४ प्रतिशतले बृद्धि

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स  कम्पनीले चालू आवको पहिलो त्रैमासीक वित्तीय विवरण मंगलबार सार्वजनिक गरेको छ । कम्पनीले असोज मसान्तसम्ममा ५५ करोड ८ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा ४४ प्रतिशतले खुद बीमा शुल्क  बृद्धि  भएको छ । गत वर्षको यहि अवधिमा कम्पनीले ३८ करोड २४ लाख रुपैयाँ बीमा शुल्क कमाएको थियो ।

 कम्पनीको खुद मुनाफामा पनि २४.७८ प्रतिशतले सुधार भएको छ । तीन महिनाको अवधिमा कम्पनीले ४ करोड ३८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको हो । गत वर्षको सोहि अवधिमा तीन करोड ५१ लाख रुपैयाँ मुनाफा कमाएको थियो । कम्पनीले  जीवन बीमा कोष एक अर्ब १८ करोड रुपैयाँबाट २ अर्ब ४६ करोड रुपैयाँ पुर्याएको छ ।

 यस अवधिमा कम्पनीको  खुद दाबी भुक्तानी  ४ करोड ५० लाख रुपैयाँ गरेको छ । चुक्ता पूँजी २ अर्ब रुपैयाँ रहेको सानिमा लाइफको जगेडा कोषमा २८ करोड ७२ लाख रुपैयाँ जम्मा भएको छ ।

प्रतिक्रिया दिनुहोस