aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

आईपीओ निष्कासन गर्ने तयारीमा रहेको आइएमइ लाइफको बीमा शुल्क ५०.५६ प्रतिशतले वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० कार्तिक २०७८
आईपीओ निष्कासन गर्ने तयारीमा रहेको आइएमइ लाइफको बीमा शुल्क ५०.५६ प्रतिशतले वृद्धि

काठमाडौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण मंगलबार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको कुल बीमाशुल्क आर्जन रकम ५० दशमलव ५६ प्रतिशत बृद्धि भएको छ । कम्पनीले गत आवको पहिलो त्रैमाससम्ममा रू. ५३ करोड ८४ लाख ५० हजार कुल बीमाशुल्क आर्जन गरेकोमा चालू आवको सोही अवधिमा रू. ८१ करोड ७ लाख १० हजार गरेको हो । 

त्यसैगरी कम्पनीले चालू आवको पहिलो त्रैमाससम्ममा रू. ४ करोड ३६ लाख ४९ हजार खुुद नाफा गरेको छ । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा १ दशमलव ३१ प्रतिशत वृद्धि भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीको यो नाफा रू. ४ करोड ३० लाख ८१ हजार थियो । 

हाल कम्पनीको चुक्ता पूँजी रू १ अर्ब ४० करोड रहेको छ भने जगेडा कोषमा रू. ५१ करोड ७० लाख ४२ हजार सञ्चित भएको छ । त्यस्तै जीवन बीमा कोषमा रू. ३ अर्ब ३७ करोड ५१ लाख सञ्चित भएको छ । जीवन बीमा कोष रकम गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ९४ प्रतिशत ८८ प्रतिशत वृद्धि भएको हो । गत वर्ष यस अवधिसम्म जीवन बीमा कोषमा रू. १ अर्ब ७३ करोड १८ लाख ७४ हजार थियो । 

कम्पनीले गत आवको पहिलो त्रैमाससम्ममा रू १ अर्ब ७३ करोड १८ लाख ७४ हजार जीवन बीमा कोषमा सञ्चित गरेको थियो ।  यस वर्ष भने यो रकम रू. ३ अर्ब ३७ करोड ५१ लाख ६१ हजार कायम भएको छ । 

कम्पनीले आईपीओ निष्कासन गर्ने तयारीमा रहेको छ । ६० लाख कित्ता आइपीओ निष्कासन गर्ने तयारीमा रहेको हो । उक्त आइपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्रबोर्डमा निवेदन दिइसेको छ  । विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ । बोर्डबाट स्वीकृती पाएपछि मात्र आइपीओ निष्कासन गर्नेछ ।  

प्रतिक्रिया दिनुहोस