aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

महिला लघुवित्तको चौथो वार्षिक साधारण सभा मंसिर २२ गते, ५० प्रतिशत लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० कार्तिक २०७८
महिला लघुवित्तको चौथो वार्षिक साधारण सभा मंसिर २२ गते, ५० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चौथो वार्षिक साधारण सभा मंसिर २२ गते बोलाएको छ । सभा हिमालय द्धश्य होटल,धुलिखेल,काभ्रेमा बिहान १०:३० बजे गर्ने जानकारी गराएको हो । कम्पनीको कात्तिक २९ गते बसेको सञ्चालक समितीको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभाले ४७ दशमलव ५ प्रतिशत बोनस शेयर र २ दशमलव ५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ । त्यसैगरी सभाले गत आवको वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्ने,लेखापरिक्षकको नियुक्तर निजको पारीश्रमिक निर्धारण गर्ने,सर्वसाधारण समूहबाट दुई जना सञ्चालकको निर्वाचन गर्ने र अनय कुनै पनि लघुवित्त सँग गाभ्ने गाभिने सम्बन्धी सम्पूर्ण प्रक्रिया डाडि बढाउन सञ्चालक समितीलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारीत गर्नेछ ।

साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका मंसिर १८ गते एक दिन बन्द गर्नेछ । यस आधारमा मंसिर १५ गते सम्म कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
 

प्रतिक्रिया दिनुहोस