aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

एशियन लाईफ इन्स्योरेन्सद्वारा २७ प्रतिशत लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ मंसिर २०७८
एशियन लाईफ इन्स्योरेन्सद्वारा २७ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्ष ०७६/७७ को सञ्चित मुनाफाबाट कुल २७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको कात्तिक ३० गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा २५ प्रतिशत बोनस शेयर र कर समेत २ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । 

हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब १ करोड ७ लाख ६० हजार रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित यो लाभांश बीमा समितिको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

आर्थिक वर्ष ०७५/७६ मा लगानीकर्ताहरुको हात खाली बनाएको कम्पनीले यस वर्ष भने उच्च लाभांश प्रस्ताव गरेको हो । कम्पनीले यस अघि आर्थिक वर्ष ०७०/७१ को मुनाफाबाट ३० प्रतिशत लाभांश वितरण गरेको थियो । त्यसपछिको वर्षहरुभन्दा यस वर्ष कम्पनीले उच्च लाभांश वितरण गर्न लागेको हो । 
 

प्रतिक्रिया दिनुहोस