
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण बुधबार सार्वजनिक गरेको छ । कम्पनीले पहिलो त्रैमाशिक अवधिमा एक अर्ब १७ करोड रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको हो । अघिल्लो बर्षको तुलनामा कम्पनीले यस अवधिमा ९.७९ प्रतिशतले खुद बीमा शुल्क आर्जन बृद्धि गर्न सफल भएको छ । गत वर्षको यहि अवधिमा एक अर्ब ६ करोड रुपैया संकलन गरेको थियो ।
यसै अवधिमा कम्पनीले १२ करोड २५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको भन्दा १.४९ प्रतिशतले बढि हो । हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ४१ करोड रुपैयाँ रहेको छ। त्यस्तै भने जगेडा कोषमा ८० करोड २९ लाख रुपैयाँ जम्मा भएको छ ।
कम्पनीले यस अबधिमा २५ करोड ४६ लाख रुपैयाँको दाबी भुक्तानी गरेको छ । गत बर्ष कम्पनीले २६ करोड ६४ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । यस अवधिमा प्राइफ लाइफले जीवन बीमा कोष २७ प्रतिशतले बढेको छ । पहिलो तीन महिनाको अवधिमा कम्पनीको जीवन बीमा कोषमा १५ अर्ब ७२ करोड रुपैयाँ संकलन गरेको छ ।
प्रतिक्रिया दिनुहोस