aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

पहिलो त्रैमासमा प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले कमायो १२ करोडभन्दा बढी नाफा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ मंसिर २०७८
पहिलो त्रैमासमा प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले कमायो १२ करोडभन्दा बढी नाफा

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले चालू आवको पहिलो त्रैमासीक वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको पहिलो त्रैमाससम्ममा १२ करोड २५ लाख ७५ हजार रुपैयाँ नाफा कमाएको हो । यो नाफा गत आवको पहिलो त्रैमासको तु्लनामा १ दशमलव ४९ प्रतिशत वृद्धि भएको हो ।

गत आवको पहिलो त्रैमाससम्ममा कम्पनीले १२ करोड ७ लाख ७४ हजार रुपैयाँ नाफा कमाएको थियो । त्यसैगरी कम्पनीको आम्दानी गत आवको तुलनामा चालू आवमा ११ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवमा १५ करोड ७० लाख ३० हजार रुपैयाँ आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर १७ करोड ५४ लाख ९१ हजार रुपैयाँ पुगेको हो । चुक्ता पूँजी २ अर्ब ४१ करोड ७० लाख रुपैयाँ रहेको छ भने जगेडामा ८० करोड २९ लाख ३९ हजार रुपैयाँ सञ्चित गरेको छ । त्यसैगरी जीवन बीमा कोषमा १५ अर्ब ७२ करोड ४६ लाख सञ्चित गरेको छ ।

गत आवको तुलनामा चालू आवमा जीवन बीमा कोष २७ प्रतिशत वृद्धि भएको हो । त्यसैगरी कम्पनीले चालू आवमा १ अर्ब १८ करोड ३३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको  छ। यो बीमाशुल्क गत आवको तुलनामा ९ दशमलव  ८ प्रतिशत वृद्धि भएको हो । गत गत आवमा कम्पनीले १ अर्ब ७ करोड ७४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो । चालू आवमा कम्पनीको प्रतिशेयर आम्दानी २० दशमलव २८ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४१ दशमलव ३१ गुणा र प्रतिशेयर नेटवर्थ १४० दशमलव १५ रुपैयाँ रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस