aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

अपर स्याङ्गे हाईड्रोपावरको आईपीओ विक्री प्रबन्धकमा प्रभु क्यापीटल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ मंसिर २०७८
अपर स्याङ्गे हाईड्रोपावरको आईपीओ विक्री प्रबन्धकमा प्रभु क्यापीटल

काठमाडौं । अपर स्याङ्गे हाईड्रोपावरले प्राथमिक शेयर आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनिले स्थानियबासी तथा सर्वसाधारणलाई ८ लाख ७० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो । कम्पनिको शेयर निष्काशन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ । आज कम्पनिको शेयर निष्काशन तथा विक्री प्रबन्धकको काम सम्पुर्ण प्रभु क्यापीटलले गर्ने सम्झौता भएको हो । 

सम्झौतामा अपर स्याङ्गे हाईड्रोपावर लिमिटेडको तर्फबाट कार्यकारी अध्यक्ष बिर बहादुर घले तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीेले हस्ताक्षर गरेका छन् । कम्पनीले लमजुङ्ग जिल्लाको मस्र्याङ्गदी गाउँपालिका वडा नं ४, स्याङ्गे नदीमा २.४ मेगावाट क्षमताकोे हाइड्रोपावर आयोजना निर्माण गरीरहेको छ । कम्पनीको भौतिक कार्य अन्तिम चरणमा रहेको र कम्पनीले शेयर निष्काशनको अनुमतीको लागि विद्युत नियमन आयोगमा आवेदन दिने तयारीमा रहेको कम्पनीका कार्यकारी अध्यक्ष बिर बहादुर घलेले जनाएका छन् । 

प्रतिक्रिया दिनुहोस