aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

राष्ट्रिय बीमा संस्थानको नाफा ५२ प्रतिशत बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ मंसिर २०७८
राष्ट्रिय बीमा संस्थानको नाफा ५२ प्रतिशत बढ्यो

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले चालू आवको पहिलो त्रैमासीक वित्तीय विवरण बिहिवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवमा ५२ प्रतिशत वृद्धि भएको हो ।

 कम्पनीले गत आवमा १ करोड २ लाख ७२ हजार रुपैयाँ नाफा कमाएकोमा चालू आवमा बढेर १ करोड ५६ लाख ४७ हजार रुपैयाँ पुगेको हो । चालू आवमा कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो ।

 गत आवको तुलनामा चालू आवमा कम्पनीको आम्दानी ३४ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवमा  १ करोड ८८ लाख ३८ हजार रुपैयाँ आम्दानी गरेकोमा चालू आवमा बढेर रू. २ करोड ५३ लाख ८८ हजार पुगेको हो ।

 त्यसैगरी कम्पनीको चुक्ता  पूँजी  १८ करोड १० लाख रुपैयाँ रहेको छ भने जगेडामा रू. ३५ करोड ७७ लाख ७८ हजार र बीमा कोषमा  ३७ र्ब १४ करोड ३९ लाख रुपैयाँ सञ्चित गरेको हो ।  जगेडा गत आवको तुलनामा चालू आवमा २० प्रतिशत र जीवन बीमा कोष २१ प्रतिशत वृद्धि भएको हो । 

त्यसैगरी कम्पनीले  ४ अर्ब ५३ करोड ३१ लाख १० हजार रुपैयाँ बीमाशुल्क खुद आर्जन गरेको छ । यो बीमाशुल्क गत आवको तुलनामा ७ प्रतिशत वृद्धि भएको हो ।गत आवमा कम्पनीले  ४ अर्ब २१ करोड १७ लाख ४४ हजार रुपैयाँ बीमाशुल्क खुद आर्जन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस