
एजेन्सी । भातरको डिजिटल भुक्तानी सेवा पेटीएम आईपीओ सूचिकृत भएकै दिन यसका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत(सिईओ) रोएका छन् । कम्पनीको यो ऐतिहासिक अवसर लिस्टिङ समारोहमा यसका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत विजय शेखर शर्मा भावुक भएर आँखाबाट आँसु झरेका थिए ।
भारतको फिनटेक स्टार्टअप कम्पनी वान ९७ कम्युनिकेसन्स लिमिटेडको आईपीओ अन्तर्गत बिहीबार शेयरको निराशाजनक सूचीकरण भएको छ ।े भारतको सबैभन्दा ठूलो आईपीओ साबित भएको थियो । बिहीबार पेटीएमको शेयर बीएसईमा १९५५ रुपैयाँमा र नेसनल स्टक एक्सचन्ज (एनएसई)मा १९५० रुपैयाँमा सूचीकृत भएको थियो ।
बिहान १० बजेतिर यो सेयर बीएसईमा १७७७.५० रुपैयाँ भारुसम्म पुग्यो । त्यस्तै एनएसईमा १७७६ रुपैयाँ पुग्यो । यसका संस्थापक विजय शेखर शर्माको कथा प्रेरणादायी छ । यूपीको अलिगढ जिल्लाको एउटा सानो गाउँका मूल निवासी शर्मा विद्यालय शिक्षकका छोरा हुन । शिक्षकका छोरा शर्मा आज फोब्र्सको अर्बपतिहरूको सूचीमा परेका छन्।
प्रतिक्रिया दिनुहोस