aarthiknews.com बुधबार, १५ जेठ २०८२   Wednesday, 28 May, 2025
 

टाटा मोटर्सको एक्सचेन्ज क्याम्प आयोजना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ मंसिर २०७८
टाटा मोटर्सको एक्सचेन्ज क्याम्प आयोजना

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक बितरक, सिप्रदी ट्रेडिङ्गले प्यासेन्जर भेहिकलका लागि टाटा मोटर्स एक्सचेन्ज क्याम्प कार्यक्रमकोे आयोजना गर्न लागेको छ । उक्त कार्यक्रम यहि मंसिर ०३ देखि ०७ गतेसम्म (१९ नोभेम्वर देखि २३ नोभेम्वर, २०२१) सम्म नेपालभरि रहेका टाटा मोटर्सको सोरुमहरुमा आयोजना गर्न लागेको हो ।

 ग्राहक महानुभावहरुले टाटा मोटर्सको सोरुममा गएर यस कार्यक्रममा सहभागी भई नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अल्ट्रोज, एच फाईभ, नेक्सन, नेक्सन इभी, टियागो र टिगोर लगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्ने कम्पनीले जनाएको छ । 

साथै उक्त एक्सचेन्ज क्याम्प कार्यक्रममा जुनसुकै ब्राण्डका गाडीसंग टाटाका गाडी एक्सचेन्ज गर्दा आकर्षक मुल्याड्ढन प्राप्त गर्न सक्नुहुनेछ भने यस संगै आकर्षक एक्सचेन्ज बोनस पनि प्राप्त गर्न सक्नुहुनेछ । यसका साथै फाईनान्सको सुविधा, गाडीको एक्सेसरिज, एक वर्षको सवारी कर, प्रत्येक गाडीको मुल्याङ्कन र टेष्ट ड्राईभमा आकर्षक गिफ्ट ह्याम्पर लगायतका विशेष आर्कषणहरु रहेका छन ।

यस विशेष कार्यक्रमको अवसरमा टाटा मोटर्सको अत्याधुनिक सोरुममा पाल्नुभई नयाँ गाडी खरिद गरेर भरपुर फाईदा उठाउनुहुन कंम्पनीले अनुरोध गरेको छ ।  विस्तृत जानकारीका लागि नजिकको टाटा मोटर्स्को शोरुममा सम्पर्क गर्न सक्नुहुनेछ वा सिप्रदीको टोल फ्री नम्बर १६६००१५५७७७ र ९८०१५७५७७७ मा कल गर्न सक्ने कम्पनीले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस