aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

जग्गाको भोगचल सम्बन्धी नियमावली अन्तिम चरणमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०४ मंसिर २०७८
जग्गाको भोगचल सम्बन्धी नियमावली अन्तिम चरणमा

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले भूउपयोग नियमावली निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिएकी छिन । आज उग्रचण्डी नाला समाजको चौथो साधारणसभाको उद्घाटन समारोहमा उनले भू–उपयोग नियमावली आएपछि खेतीयोग्य जमिनको संरक्षण भई व्यावसायिक कृषि र उत्पादनमा वृद्धि हुने विश्वास व्यक्त गरिन ।

मन्त्री श्रेष्ठले भू–उपयोग नीतिअनुसार कृषियोग्य जमिन र किसानहरूको हकहितको संरक्षण गर्दै कृषि उत्पादकत्व बढाएर कृषिको व्यावसायीकरण, औद्योगीकरण र विविधिकरण गर्ने नीतिअनुसार मन्त्रालय कृषियोग्य भूमिको संरक्षण गर्न लागिरहेको पनि जानकारी गराइन ।

भूमिहीन दलित, भूूमिहीन सुकुुम्वासी र उपत्यकाभित्र रहेका स्ववासीको समस्या समाधान गर्न आफूूले पहल सुरु गरिसकेको जनाउँदै उनले राष्ट्रिय सार्वभौमसत्ता र विकास अभिभाज्य हुने हुँदा विकास निर्माणका काममा तेरो मेरो नभनी एक भएर लाग्न सबैैलाई आग्रह गरिन।

मन्त्री श्रेष्ठले काभ्रेको नाला प्राकृतिक सम्पदा, जैविक विविधता, संस्कृतिक सम्पदाले महत्वपूर्ण हुँदादुँदै पनि प्रचार–प्रसार र संरक्षणको अभावमा अगाडि आउन नसकेको धारणा राखिन ।

प्रतिक्रिया दिनुहोस