काठमाडौं । इक्रा नेपालले मंसिर २९ गते नवौं वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीहरुको रेटिङ्ग गर्ने यस कम्पनीले एलोफ्ट ठमेल, काठमाडौंमा दिनको २ बजे सभा बोलाएको हो ।
सभाले गत आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित लाभांशलाई पनि अन्तिम रुप दिनेछ । कम्पनीले गत वर्षको मुनाफाबाट २० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ३१ दशमलव ३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
सभाले चालू आर्थिक वर्षका लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणसँगै सञ्चालक समितिको निर्वाचन समेत गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस