aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

मेट लाइफले तीन महिनामा कमायो एक अर्ब ३० करोड बीमा शुल्क

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ मंसिर २०७८
मेट लाइफले तीन महिनामा कमायो एक अर्ब ३० करोड बीमा शुल्क

काठमाडौं । मेट लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस अवधिमा खुद बीमा शुल्क आर्जन ११.५४ प्रतिशतले बढाएको हो । उक्त विवरण अनुसार यस अवधिमा कम्पनीले एक अर्ब ३० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको समिक्षा अवधिमा भने एक अर्ब १६ करोड रुपैयाँ आर्जन गरेको थियो । 

चालू आर्थिक वर्षको असोज मसान्तसम्म कम्पनीको दाबी भुक्तानी पनि १९.३ प्रतिशतले बढेको छ । कम्पनीले तीन महिनाको अधविमा मात्रै एक अर्ब ५ करोड रुपैयाँको दाबी भुक्तानी गरेको हो । गत वर्षको यहि अवधिमा कम्पनीले ८८ करोड २० लाख रुपैयाँ भुक्तानी गरेको थियो । त्यस्तै कम्पनीको मुनाफामा भने १०.५७ प्रतिशतले गिरावट आएको छ । कम्पनीको आम्दानीमा गिरावट सँगै मुनाफा ६ करोड ७५ लाख रुपैयाँमा सिमित भएको हो । 

कम्पनीको जीवन बीमा कोष पनि यस वर्ष ७.५७ प्रतिशतले बृद्धि भएर १९ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ । जगेडा कोषमा २ अर्ब ७४ करोड रुपैयाँ जम्मा भएको छ ।  

प्रतिक्रिया दिनुहोस