aarthiknews.com बुधबार, १५ जेठ २०८२   Wednesday, 28 May, 2025
 

इलेक्ट्रोलिक गाडीमा अर्को क्रान्ति, पाँच मिनेट चार्ज गर्दा २०० किमी चल्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ मंसिर २०७८
इलेक्ट्रोलिक गाडीमा अर्को क्रान्ति, पाँच मिनेट चार्ज गर्दा २०० किमी चल्ने

एजेन्सी । विश्वभरका कम्पनीहरूले विद्युतीय कारको क्षेत्रमा काम गरिरहेका छन् । चीनको ह्उभलन मोटर्सले यस्तै एउटा इलेक्ट्रिक कार डिजाइन गरेको छ । यो कारको नाम जी ९ एसयसुभी हो । यो कारको बारेमा कम्पनीको दावी गरे अनुसार ५ मिनेट चार्जमा २०० किलोमिटर यात्रा गर्छ । यो एक स्मार्ट एसयुभी कार हो । कम्पनीले यस ईभीको टिजर यसअघि नै सार्वजनिक गरिसकेको छ ।

ह्उभलन मोटर्सले अटो गुन्जाओ २०२१ कार्यक्रमको इभेन्टमा सार्वजनिक गरेको हो । गाडीमा सुरक्षाका लागि एडभान्स ड्राइभर असिस्टेन्ट सिस्टम एक्सपीआइएलओटी ४.० एडीएएस दिइएको छ । वातावरणसँग सम्बन्धित सबै मापदण्ड पालना गरी तयार पारिएको हो ।

यो कार नेक्स्ट जेनरेशन एक्सपावर ३.० पावरट्रेन प्रणालीद्वारा संचालित छ, जुन चीनबाट पहिलो ८०० भी उच्च भोल्टेज आउटपुटको साथ आउने छ । यसमा ड्राइभर असिस्टेन्ट सिस्टम एक्सपीआइएलओटी ४.० एडीएएस दिइएको छ । कारमा स्मार्ट ककपिट फिचर पनि दिइएको छ ।

रिपोर्टका अनुसार यो एसयूभी पूर्णतया आरामदायी र फराकिलो छ । कारको इन्टेरियरको कुरा गर्ने हो भने यसमा करिब १० देखि १२ इन्चको पूर्ण कार्यात्मक स्टेयरिङ, इन्फोटेनमेन्ट सिस्टम दिइएको छ । इन्फोटेनमेन्ट कारको स्पीडो मिटरसँग जोडिएको छ। जसका कारण यो डिस्प्ले स्क्रिन निकै ठूलो देखिन्छ । यो फ्लोटिंग स्क्रिन हो, जसमा ड्यासबोर्ड राखिएको गरिएको छ ।

यो कार सार्वजनिक भइसकेको छ तर यसको लन्चको बारेमा कम्पनीले खुलाएको छैन । यो कार २०२२ सम्ममा लन्च हुने विश्वास गरिएको छ । कारको सबैभन्दा महत्त्वपूर्ण कुरा यो हो कि यसले ५ मिनेट चार्जमा २०० किलोमिटरसम्मको यात्रा गर्नेछ । कम्पनीले यसको पूर्ण दायरा के हुनेछ भन्ने बारे कुनै जानकारी दिएको छैन ।

प्रतिक्रिया दिनुहोस