aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

साउन तेस्रो सातादेखि ग्लोबल आइएमई लघुवित्तको हकप्रद सेयर आउँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०३ साउन २०७६
साउन तेस्रो सातादेखि ग्लोबल आइएमई लघुवित्तको हकप्रद सेयर आउँदै

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी साउन तेस्रो सातादेखि हकप्रद सेयरको बिक्री खुल्ला गर्ने भएको छ । लघुवित्तले साउन २१ गतेदेखि भदौ २३ गतेसम्म प्रति शेयर एक सय रुपियाँ अंकित दरको ११ लाख ४ हजार ५ सय ७५ कित्ता हकप्रद शेयरको निष्काशन गर्ने भएको छ ।

संस्थाको विद्यमान चुक्ता पूँजी ११ करोड ४ लाख ५७ हजार ५ सयमा १ शेयर बराबर १(१ः१) शेयरको अनुपातमा एक सय रुपियाँ अंकित दरका ११ लाख ४ हजार ५ सय ७५ कित्ता हकप्रद साधारण सेयर असार ३१ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम साविक शेयरधनीहरूको लागि निष्काशन गर्न लागेको हो ।

बेसीशहर ८, लमजुङमा मुख्य कार्यालय रहेको संस्थाको रंगेली मोरङ, पोखरिया पर्सा, खोले सिमल चितवन, विदुर नुवाकोट, कास्की वेगनास, बाके सम्झना बजार, बाबिया सुर्खेत र मसुरिया कैलालीमा शाखा सञ्चालनमा छन् ।

हकप्रदमा दरखास्त दिन संस्थाका कार्यालय, लक्ष्मी क्यापिटल मार्केट तथा सि–आस्वाको सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाहरुबाट सि–आस्वा प्रणालीमार्फत हकप्रद पेय भर्न सकिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस