
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको १ लाख २२ हजार २८७ कित्ता संस्थापक शेयर सोमवारदेखि लिलामीमा आएको छ । कम्पनीले प्रतिकित्ता रू. २५० मूल्य तोकेर उक्त शेयर विक्रीका लागि सोमवार ३५ दिने सुचना जारी गरेको हो ।
यो शेयर खरिदका लागि विद्यमान संस्थापक शेयरधनीहरुले मात्र तोकिएको मूल्य वा सो भन्दा बढी मूल्य अंकित गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन पर्न नआएमा भने बीमा समितिको निर्देशन बमोजिम आवश्यक प्रकृया अघि बढाईन जानकारी कम्पनीले दिएको छ ।
प्रतिक्रिया दिनुहोस