
काठमाडौं । हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रालि बजाज मोटरसाइकल र डोमिनारको आधिकारिक विक्रेताद्वारा बजाज डोमिनार २५० का चालकहरुको लागि डोमिनार राइडको संचालन गर्दैछ । जोमसोमसम्म गरिने यो डोमिनार राइड यही मंसिर ८ देखि १२ गतेसम्मका लागि डोमिनार चालकहरुको लागि तयार पारिएको ५ दिने अल पेड ट्रिप हो ।
जसमा रोमाञ्च र आफ्नै कथाको अभूतपूर्व मिश्रण हुनेछ । राइड योर ओन स्टोरीजको थिममा आधारित यो राइडमा हरेक डोमिनार राइडरले डोमिनार २५० सँग जोमसोम जाँदाको रमाइलो अनुभव बटुल्न सक्नेछन् ।
यस राइडको सम्पूर्ण खर्च कम्पनीले व्यहोर्ने छ । डोमिनार ओनरहरुले डोमिनार बाइकको साथ यस रोमाञ्चक राइडको अनुभव लिनुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस