
काठमाडौं । हेवी इक्युप्मेन्टको जगतमा विश्वभर ख्याती प्राप्त गरेको बोबक्याटका लागि नेपालका आधिकारिक बिक्रेता इन्फ्रास्ट्रक्चर लिजिंग एण्ड कन्स्ट्रक्सन सर्भिस प्रालिले नेपाली भूगोलका लागि उपयुक्त हुने बोबक्याट बी ७६० ब्याक्हो लोडर नेपाली बजारमा बिक्री वितरणका लागि सार्वजनिक गरे संगै बुकिंग पनि खुला गरिएको छ । उक्त मेसिन एशियन बजारलाई मध्यनजर गर्दै इन्डियाको चेन्नई फ्याक्ट्रीबाट उत्पादन गरि नेपाल लगायत अफ्रिकन मुलुकहरुमा पनि बिक्री वितरणको लागि तयार पारिएको हो ।
बोबक्याट बी ७६० लाई नेपालका तराई , पहाड र हिमाल तिनै भूभागमा पूर्व परीक्षण गरि सार्वजनिक गरिएको हो । उक्त मेसिनमा रहेको हिटिंग प्रविधी परीक्षणका लागि नेपालको माथिल्लो मुस्तांग (४००० अल्टिट्युड उचाई)मा परीक्षण गर्दा मेसिन सहजै सुचारू भएको थियो।अमेरिकी प्रविधीबाट निर्मित बी ७६० मा विश्व प्रसिद्ध पर्किन्स इन्जिनको प्रयोग गरिएको छ ।
जसले ९४ हर्स पावरको शक्ति प्रदान गर्छ । उच्च बकेट कर्ल एंगलका साथै उच्च ब्रेकिंग शक्ति समेत रहेकोले कार्य सम्पादनमा द्रुतता र सहजता प्रदान गर्न यो एक भरपर्दो उपकरण रहेको दाबी समेत कम्पनीले गरेको छ। यसमा रहेको विशेष कुलिंग सिस्टमका कारण उच्च तापक्रममा कार्य सम्पादन गर्न सहज हुनेछ साथै यसको १६ डिग्री असिलेसन एंगलले असमान भूभागमा पनि सहजै काम गर्न मद्दत पुग्नेछ र लामो आर्मका कारण अधिक गहिराई सम्म खन्न सहज हुने कम्पनीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस