aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

‘नेपाल्स सिङ्गिङ्ग सुपरस्टार’ इमेज च्यानलबाट प्रशारण हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०६ मंसिर २०७८
‘नेपाल्स सिङ्गिङ्ग सुपरस्टार’ इमेज च्यानलबाट प्रशारण हुने

काठमाडौं । बिगत लामो समय देखि नेपाली टेलिभिजन क्षेत्रमा अनवरत रुपमा सफलता पुर्वक प्रशारण हुँदै आएको इमेज च्यानल हाल एचडिमा रुपान्तरण संगै नयाँ तथा परिमार्जित कार्यक्रमहरु लिएर दर्शकहरुलाई विशिष्ट मनोरंजन दिन तत्पर रहेको छ । 

नेपाली टेलिभिजन दर्शकहरुमा रियालिटी शो प्रति बढ्दो आकर्षणलाइ मध्यनजर राख्दै भ्वाइस स्टार नेपाल प्रालिको ब्यानरमा उत्पादन हुन लागेको नयाँ तथा विशुद्ध नेपाली लगानी तथा फ्रेन्चाञ्चाइज शो ‘नेपाल्स सिङ्गिङ्ग सुपरस्टार’ लाइ इमेज च्यानल एचडीमा प्रशारण गर्नको लागि भ्वाइस स्टार नेपाल संग प्रशारण सम्झौता भएको छ ।  

नेपाली मिडिया क्षेत्रमा विविध विषयमा अनवरत रुपमा कार्यरत अनुभवी व्यक्तिहरु सम्मिलित भ्वाइस स्टार नेपाल प्रालिले बिभिन्न बिज्ञापन एजेंसी तथा टेलिभिजनहरुका लागि बिज्ञापन तथा मनोरन्जनात्मक कार्यक्रमहरु सफलतापुर्वक उत्पादन तथा प्रशारण गर्दै आइरहेको छ ।

 यसै क्रममा यस भ्वाइस स्टार नेपाल प्रालिले इमेज च्यानल एच डिमा प्रशारण गर्ने उद्देश्यका साथ नेपाल्स सिङ्गिङ्ग सुपरस्टार निकट भविष्यमै उत्पादन गर्नेछ । नेपाली सुगम संगीतमा ख्यातिप्राप्त गायक तथा संगीतकारहरु निर्णायकका रुपमा प्रस्तुत हुने यस कार्यक्रममा विभिन्न रियालिटी शोमा भाग लिएर पनि  आफ्नो सांगीतिक उचाइलाई उचित स्थान दिन नसकेका गायक गायिकाहरुलाई  भाग लिन बिशेष प्रोत्साहन दिईनेछ ।

साथै दूरदराज तथा राजधानी बाहिर रहेर संघर्षरतहरुलाई पनि छनौट प्रक्रियामा उचित स्थान दिईनेछ । कार्यक्रमको छनौटको पहिलो चरण डिजिटल फर्म्याटमा अडिशन लिइनेछ । 

पौष महिनाको पहिलो हप्ता बाट शुरु हुने यो प्रक्रिया एक महिना अवधिको हुनेछ । उक्त छनौट प्रक्रिया पछि माघ महिनाको दोश्रो हफ्ताबाट नेपालका विभिन्न शहरहरुमा फिजिकल अडिशनको घोषणा हुनेछ । यी दुवै प्रक्रिया बाट छनौट भएका प्रतिस्पर्धीहरु बीच कार्यक्रमको २५ शृंखलामा रोचक भिडन्त हुनेछ । 

नेपाल्स सिङ्गिङ्ग सुपरस्टारको पुरस्कार राशि २५ लाख रहेको छ । दर्शकहरु माझ नेपाल्स सिङ्गिङ्ग सुपरस्टारको प्रचार अभियानका लागि डिजिटल मिडियामा चाडैनै गेस द जजेज डिजिटल क्याम्पेन शुरु हुदैछ । एक महिना संचालन हुने यस क्याम्पेनका विजेताहरुले विभिन्न पुरस्कार जित्न सक्नेछन् । यस क्याम्पेनको बिजेता तथा जजहरुको घोषणा एक बिशेष कार्यक्रमको आयोजना गरि गरिनेछ ।  
 

प्रतिक्रिया दिनुहोस