aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

एनआइबिएल सहभागिता फण्डको भुक्तानी इसेवाबाट पनि गर्न सकिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०७ मंसिर २०७८
एनआइबिएल सहभागिता फण्डको भुक्तानी इसेवाबाट पनि गर्न सकिने

काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेडको एनआइबिएल सहभागिता फण्ड (खुलामुखी योजाना) का इकाई खरिदक भुक्तानी इसेवाबाट पनि गर्न सकिने जनाएको छ । नेपाल ईन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटल लिमिटेडले इसेवा माध्यमबाट एनआइबिएल सहभागिता फण्ड (खुलामुखी योजाना)का इकाई खरिदको भुक्तानी गर्न सक्ने व्यवस्था मिलाईएको हो ।      

यस अघि एनआईबिएल सहभागिता फण्डका लगानीकर्ताहरुलाई कनेक्ट आईपीएस, खल्ती, नेपाल इनभेष्टमेन्ट बैंकको ईबैंकिङ बाट मात्रै यो सेवा प्रदान गरिरहेको थियो । 

योजना व्यवस्थापक प्रबन्धक, एनआईबिएल एस क्यापिटल लिमिटेडले लगानीकर्ताहरुलाई विना झन्झट खुलामुखी योजानामा लगानी गर्न सहज वातावरण बनाउन निरन्तर प्रयासरत रहेको समेत बताएको छ । 

प्रतिक्रिया दिनुहोस