
एजेन्सी । स्मार्टफोन कम्पनीले समेत अहिले विद्युतीय कार निर्माणमा होडबाजी गरिरहेका छन् । एप्पल र साओमीले यस्ता कार बजारमा ल्याउने खबरकारबिच एउटा भारतीय मोबाइल कम्पनी समेत त्यस्तै तयारीमा लागेको छ ।
सञ्चार माध्यममा आएको रिपोर्टहरू अनुसार मोबाइल निर्माता भारतीय कम्पनी ओप्पोले चाँडै नै आफ्नो विद्युतीय कार सार्वजनिक गर्दै छ । कम्पनीले सन् २०२४ मा आफ्नो कार बजारमा ल्याउने योजना अन्तर्गत काम गरिरहेको जनाएको छ ।
समाचारहरूमा उल्लेख भए अनुसार ओप्पो बाहेक रियलमी र वान प्लसले समेत भारतीय बजारमा विद्युतीय सवारी विकास गर्ने योजना गरिरहेका छन् । तर, अहिलेसम्म यी कम्पनीहरुले भने आफ्नो विद्युतीय सवारी के कस्ता विशेषताहरू सिमितको हुनेछ भन्ने सार्वजनिक गरेका छैनन ।
उता अमेरिकी फोन निर्माता प्रसिद्ध कम्पनी एप्पलले आफ्नो टाइटन प्रोजेक्ट अन्तर्गत फ्युचर स्टिक कार एप्पल सडकमा दौडाउने तयारी गरेको छ । यो कार स्वचालित हुनेछ । जसमा चालकको आवश्यकता पर्दैन । पूर्णतया सेन्सरमा आधारित यो कारलाई यसमा जडान गरिएको स्मार्ट डिभाइरसहरुले नियन्त्रण गर्छन् । यहाँसम्म कि यो कारलाई दायाँ वा बायाँ मोड्न स्टेरिङको समेत जरुरत पर्दैन ।
अर्कोतिर चिनियाँ कम्पनी हुवावेले यही महिना अवतार ११ नामक इलेक्ट्रोनिक कार सार्वजनिक गरिसकेको छ । यसको विशेषता यो छ की यो कार एक पटक चार्ज गरेपछि सात सय किलोमिटरसम्म दौडाउन सकिन्छ । यसमा दुई सय किलोवाटका सुपर चार्जेवल ब्याट्री छन् ।
अवतार ११ मा चार सय वटा इन्टेलिजेन्ट ड्राइभिङ फिचर पनि छन् । यसको सर्वाधिक लाभेलाग्दो विशेषता यसको पिक अप रहेको छ । जुन मात्र ४ सेकेन्डमा एक सय किलोमिटर प्रतिघण्टाको गतिमा दौडन सक्छ । व्यवसायिकरुपमा भने सन् २०२२ को मध्येतिर मात्रै बजारमा आउने भएको छ ।
अर्को फोन निर्माता कम्पनी साओमीका प्रमुख कार्यकारी अधिकृत लेई जुनले जनाएअनुसार सो कम्पनीमा विद्युतीय कार सन् २०२४ को मध्य सम्ममा बजारमा आइसक्नेछ । त्यस बेलासम्ममा ठूलो मात्राका यी कारहरू उत्पादन भइसक्ने समेत समाचारमा जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस