aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

न्यादी हाइड्रोपावरको आईपीओ सुचिकृत, कति पाउँला ओपेन रेञ्ज ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०८ मंसिर २०७८
न्यादी हाइड्रोपावरको आईपीओ सुचिकृत, कति पाउँला ओपेन रेञ्ज ?

काठमाडौं । बुधवार नेप्सेमा न्यादी हाइड्रोपावर लिमिटेडको आइपीओ सुचिकृत भएको छ । कम्पनीको १ करोड ५० लाख कित्ता आइपीअ‍ो सुचिकृत भएको हो । अव कम्पनीको शेयर बिहिवार देखि दोस्रो बजारमा कारोबारमा आउनेछ । 

नेप्से कम्पनीको पहिलो कारोबारको लागि ९४ दशमलव १३ रुपैयाँ देखि २८२ दशमलव ३९ रुपैयाँसम्म ओपन रेञ्ज तोकेको छ । नेप्सेले पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको तिन गुणा सम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । 

कम्पनीले सर्वसाधारणको लागि निष्कासन गरेको २५ लाख ५० हजार कित्ता,उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेको १५ लाख कित्ता र कम्पनीका संस्थापकहरुको लगानी गरेको १ करोड ९ लाख ५० हजार कित्ता गरेर कुल १ करोड ५० लाख कित्ता साधारण शेयर सुचिकृत गराएको हो । कम्पनीको सिम्बोल एनवाइएडीआई रहेको छ ।

मंसिर ८ गते नेपाल स्टक एक्सचेञ्ज र कम्पनी बिच धितोपत्र सुचिकरण सम्झौता सम्पन्न भएसँगै भोलि बिहिवार देखि कम्पनीको शेयर दोस्रो बजारमा कारोबारमा आउनेछ । त्यसैगरी कम्पनीले सुचिकरण पछि दिनुपर्ने आरटिएस सेवा एनएमबि क्यापिटलबाट हुने नेप्से मार्फत जानकारी गराएको छ । 
 

प्रतिक्रिया दिनुहोस