
काठमाडौं । बुधवार नेप्सेमा सामलिङ पावर कम्पनी लिमिटेडको आइपीओ सुचिकृत भएको छ । कम्पनीको ५० लाख कित्ता आइपीअो सुचिकृत भएको छ । अव कम्पनीको शेयर बिहवार भोलि देखी दोस्रो बजारमा कारोबारमा आउनेछन ।
नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि मूल्य रेञ्ज ९८ दशलमव ७७ रुपैयाँ देखि २९५ दशमलव ३१ तोकेको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तिन गुणा सम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । कम्पनीले सर्वसाधारणको लागि निष्कासन गरेको ७ लाख ३० हजार कित्ता,उद्योग प्रभावित क्षेत्रका लागि निष्कासन गरेको ५ लाख कित्ता र कम्पनीका संस्थापकहरुको ३७ लाख ७० हजार कित्ता गरेर कुल ५० लाख कित्ता साधारण शेयर सुचिकृत गराएको हो ।
कम्पनीको सिम्बोल एसपिसी रहेको छ । मंसिर ८ गते नेपाल स्टक एक्सचेञ्ज र कम्पनी बिच धितोपत्र सुचिकरण सम्झौता सम्पन्न भएसँगै भोलि बिहिवारबाट कारोबारमा आउनेछ ।
प्रतिक्रिया दिनुहोस