
एजेन्सी । भारतका शेयर बजारका दिग्गज लगानीकर्ता राकेश झुनझुनवालालाई फेरि एकपटक चिठ्ठा पर्ने भएको छ । उनले दुई वर्षमा आफ्नो लगानीमा ६ गुणा प्रतिफल प्राप्त गर्ने भएर फेरि शेयर बजारबाट एक पटक चिठ्ठा पर्ने भएको हो । स्टार हेल्थको आइपीओको लागि अवसर हो ।
राकेश झुनझुनवालाको स्टार हेल्थ एलाइड इन्स्योरेन्समा ८.२३ करोड अर्थात १४.९८ प्रतिशत शेयर छ । उनले मार्च २०१९ देखि नोभेम्बर २०२१ सम्म यो कम्पनीमा कुल ९ पटक लगानी गरेका छन् । उनको प्रति शेयर औसत लगानी १५५.२८ रुपैयाँ रहेको छ । स्टार हेल्थको आईपीओ नोभेम्बर ३० मा खुल्दैछ र डिसेम्बर २ मा बन्द हुनेछ । कम्पनीले यो निष्कासन ८७० देखि ९०० रुपैयाँमा ल्याउने भएको छ । यस आधारमा राकेश झुनझुनवालाले ५ दशमलव ७९ गुणा नाफा पाउनेछन् । स्टार हेल्थ इन्स्योरेन्सको मूल्य ५१,००० करोड रुपैयाँ छ ।
स्टार हेल्थ निजी क्षेत्रको बीमा कम्पनी हो । ७,२४९ करोड रुपैयाँ नयाँ शेयरबाट लगानी जुटाउने योजनामा यो कम्पनीले आईपीओ जारी गर्न लागेको हो । झुनझुनवालाले ३२ महिनाअघि नै यस कम्पनीमा लगानी गर्न थालेका थिए । उनले पछिल्लो एक वर्षमा स्टार हेल्थको ९३.२४ लाख शेयर किनेका छन् । यसको प्रतिशेयर औसत मूल्य २५६.४४ रुपैयाँ भारु रहेको छ । उनले यो कम्पनीको शेयर धेरै पटक किनेका छन् । उनकी श्रीमती रेखा झुनझुनवालासँग १.७८ करोड शेयर छ अर्थात् कम्पनीमा उनीहरुको ३.२३ प्रतिशत होल्डिङ रहेको छ ।
स्टार हेल्थले यो वर्षको तेस्रो ठूलो अंकको आइपीओ ल्याउन लागेको छ । यसले ७,२४९ करोड रुपैयाँ उठाउनेछ । यसअघि पेटीएमले १८,३०० र जोमाटोले ९,३५० करोड उठाएको थियो । स्टार हेल्थमा २ हजार करोडको नयाँ शेयर जारी गरिने छ भने अफर फर सेल (ओएफएस) अन्तर्गत ५.८३ करोड शेयर जारी गरिनेछ । हालका शेयरधनी तथा प्रवर्द्धकहरुले पनि स्टार हेल्थमा आफ्नो सेयर बिक्री गर्नेछन् । हाल संस्थापकहरुको ६२.८० प्रतिशत सेयर रहेको छ । राकेश झुनझुनवाला र उनकी श्रीमतीको १७.२६ प्रतिशत शेयर छ ।
प्रतिक्रिया दिनुहोस