aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

शिवम् सिमेन्ट्सको नगद लाभांश वितरणको लागि बैंक खाता अद्यावधिक गर्न अनुरोध

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १० मंसिर २०७८
शिवम् सिमेन्ट्सको नगद लाभांश वितरणको लागि  बैंक खाता अद्यावधिक गर्न अनुरोध

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले नगद लाभांश वितरणको लागि शेयरधनीलाई हितग्राही खातामा बैंक अद्यावधिक गर्न अनुरोध गरेको छ । कम्पनीले कात्तिक १६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारीत २९ प्रतिशत नगद लाभांश (कर सहित) पठाउनका लागि हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्न अनुरोध गरेको हो ।

कम्पनीले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएको शेयरधनीको हकमा कात्तिक २३ गते देखिनै पठाएको र हितग्राही खातामा बैक खाता अद्यावधिक नगराएका शेयरधनी र हालसम्म पनि आफ्नो शयर अभौतिकीकरण नगराएका शेयरधनीलाई शेयर अभौतिकीकरण गराई सो सँगै हितग्राही खातामा बैंक खाता समेत अद्यावधिक गराएपछि नगद लाभांश प्राप्त गर्नेछन् ।

शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।   
 

प्रतिक्रिया दिनुहोस