
काठमाडौं । अभिनेत्री साम्रागी राज्य लक्ष्मी शाह यती बेला इन्डोनेसियाको बालीमा प्रेमी देवाङ्कस रानासँग छुट्टी मनाइरहेकी छन् । प्रेमी सँग मस्ती गरिरहेको केही तस्बिरहरू बाहिरिएका छन्।
पछिल्लो समय अभिनयमा भित्रिएका मध्य सबैभन्दा हिट अभिनेत्री हुन् साम्राज्ञी राज्यलक्ष्मी शाह । केही हिट र केही फ्लप फिल्म दिएकी साम्राज्ञी डिमान्डकी हिरोइन् पनि हुन् ।
साम्राज्ञी अहिले इन्डोनेशियाको बालीमा पुगेकी छिन् । इष्टाग्राममा केही नयाँ तस्बिर अपलोड गर्दै उनले आफू बाली रहेको जानकारी दिएकी हुन् ।
अशोक शर्माको निर्देशन रहेको फिल्म ‘रातो टिका निधारमा’ र नवल नेपालको निर्देशन रहेको फिल्म मारुनी भर्खर सकाएकी साम्राज्ञी अभिनयबाट मिलेको फुर्सद बिताउन बाली पुगेकी हुन् ।
बालीको एक समुन्द्री किनारमा उनले केही तस्बिरसमेत खिचाएकी छन् । उनले समुन्द्रको पानीमा चल्दै र खेल्दै गरेको तस्विरसमेत खिचाएकी छन् ।
हुन त विदेश पुगेको समय अभिनेत्री साम्राज्ञीलाई भिन्न अवतारमा देख्न पाइन्छ । फिल्म ‘कायरा’ सुटिङका लागि फिलिपिन्स पुगेको समय उनले गोप्य अंग नजिक ट्याटु लेखाएकी थिइन् । जु्यन टाटु भाइरल समेत भएको थियो । सोही कारणले उनले चर्चा र आलोना दुबै खेप्नु परेको थियो ।
प्रतिक्रिया दिनुहोस