aarthiknews.com बुधबार, १५ जेठ २०८२   Wednesday, 28 May, 2025
 

जाजरकोटमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु, २५ जना घाइते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ मंसिर २०७८
जाजरकोटमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु, २५ जना घाइते

काठमाडौं । नेपालगञ्जबाट जाजरकोटको कालीमाटीतर्फ जाँदै गरेको ना ६ ख २७५७ नम्बरको बस दूर्घटनामा परेको छ ।  दुर्घटनामा परि पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ भने २५ जना घाइते भएका छन् । दुर्घटनामा दुई जना पुरुष, दुई जना महिला र एक बालिकाको मृत्यु भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले बताएका छन ।

प्रतिक्रिया दिनुहोस