aarthiknews.com बुधबार, १५ जेठ २०८२   Wednesday, 28 May, 2025
 

जिडब्लुएमले ल्यायो ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ मंसिर २०७८
जिडब्लुएमले ल्यायो ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’

काठमाडौं । ग्रेट वाल मोटर्स (जिडब्लुएम) गाडीहरुको नेपालको लागि आधिकारिक विक्रेता भिजी ईम्क्पेक्स प्रालिले आफ्नो दुई एसयूभी हरु – घचम न्भल  हवाल एच सिक्स  र हवाल जोलायन का साथै पीक–अप पावर को ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’ आयोजना गर्ने भएको छ ।

यो आयोजना आज मङसिर ९ देखि शुरु भई मङसिर १४ गते सकिने जनाएको छ । यस क्याम्पमा जोसुकै पनि सहभागि हुन सक्नेछन् । 

सहभागि हुनका लागि थापाथली स्थित ग्रेट वाल मोटर्स को शाोरुममा गएर बिहान १० बजे देखि बेलुका ५ बजे भित्र निशुल्क टेस्ट ड्राइभ तथा एक्सचेन्जको फाइदा लिन सक्नेछन् । सहभागीहरुले जिडब्लुएमको फेसबुक पे मार्फत बुकिङ्ग गर्न सक्नेछन् ।
     
टेस्ट ड्राइभका लागि आउने प्रत्येक ग्राहकहरुले आकर्षक उपहार पाउनुका साथै द्धघ” को एमआई स्मार्ट टिभी जित्ने मौका पाउनेछन् । यस क्याम्प अन्र्तगत ग्राहकहरुले गाडी एक्सचेन्ज गरी बुकिङ्ग गर्न सकिनेछ र आकर्षक बोनस, नगद छुट, निःशुल्क एसेसोरिज र सहज फाइनान्सिङको सुविधा पनि उपलब्ध हुनेछ । सबै ग्राहकहरुलाई गाडीहरुको विशेषता र फाइनान्सिङको बारेमा जानकारी गराउन अनुभवी विज्ञहरु उपस्थित रहने कम्पनीले जनाएको छ । 

चीनको घरेलु बजारमा नम्बर १ स्थानमा रहेको पीक–अप पावर निर्यातमा पनि लगातार २४ वर्ष देखि सबैभन्दा माथि रहेको छ । घरेलु बजारको ५० प्रतिशत हिस्सा ओगटेको पावरको विश्वव्यापी जम्मा विक्री १९ लाख एकाइ रहेको छ ।  

प्रतिक्रिया दिनुहोस