
काठमाडौं । शुक्रबार विहान तरकारी तथा फलफुल बजारमा अनुगमन गरेको छ । कालीमाटी तरकारी तथा फलफुल बजारमा अनुगन गर्न गएको टोलीले च्याउ बेच्ने व्यापारीले कालीमाटी भित्रै च्याउको प्याकिङमा आफैले महालक्ष्मीको ट्याग लगाएर बिक्रि गरेको भेटेको छ ।
महालक्ष्मीको लोगो भएको पेपर असनबाट किनेर ल्याउने र व्यापारी महालक्ष्मी उद्योगको भनेर बिक्रि गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता शोभाकर रेग्मिले जानकारी दिए । उनले भने–“ महालक्ष्मी उद्योग छ छैन तर व्यापारीले आफैले सो उद्योगको ट्याग लगाएर बिक्रि गरिरहेको भेटेको हो । आज बिहानको अनुगमनको टोलीले च्याउ व्यापारीलाई ५ हजारको जरिवाना गराएको छ ।
तर कालिमाटीमा ९ जना व्यापारीलाई अनुगमन गरेकोमा ८ जनालाई ५ देखि १० हजारसम्मको जरिवाना गराएको छ । जम्मा कालीमाटी तरकारी तथा फलफुल बजारमा ५० हजारको जरिवना रकम उठाएको हो ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निरीक्षण अधिकृतको नेतृत्वमा आज बिहानै ४ बजेदेखि उक्त तरकारी बजारको अनुगमन गरिएको हो । राजधानीमा रहेका ठूला तरकारी बजारमा नियमित तरकारीको आपूर्ति भइरहे पनि अस्वभाविकरूपमा मूल्यवृद्धि भएको पाइएकाले अनुगमन गरिएको विभागका निरीक्षण अधिकृत दिपकराज पोखेलले बताए ।
उनले भने गत असार अन्तिम साताको अविरल वर्षासँगै आएको बाढीपहिरो तथा डुबानका कारण तरकारी आपूर्तिमा केही समस्या देखिएको थियो । विपद्का कारण अवरुद्ध भएका सडक सञ्चालनमा आई तरकारीको आपूर्ति सामान्य अवस्थामा फर्किनु पर्ने तर झन अहिले मंहगो भएका कारण अनुगमन गरेको बताए ।
प्रतिक्रिया दिनुहोस