aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

मेगा बैंक र ग्लोबल आइएमई लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १३ मंसिर २०७८
मेगा बैंक र ग्लोबल आइएमई लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । सोमवार दुई ओटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । मेगा बैंक लिमिटेड र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्ताव गरेको लाभांश प्राप्त गर्नका लागि सोमवार शेयर कायम गर्नुपर्ने अन्तिम मौका रहेको हो । दुवै कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि मंसिर १४ गते बुक क्लोज गर्ने भएसँगै मंसिर १३ गते सम्म शेयर कायम गरिसक्नुपर्ने भएको हो । मेगा बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र २ दशमलव शून्य ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

उक्त प्रस्ताव पारितका लागि कम्पनीले आगामी मंसिर २८ गते साधारण सभा गर्ने भएको छ । त्यस्तै, ग्लोबल आइएमई लघुवित्तले गत आवको मुनाफाबाट शेयरधनीलाई २८ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले मंसिर २८ गते साधारण सभा गर्ने जानकारी गराएको हो । 

प्रतिक्रिया दिनुहोस