
काठमाडौं । साल्पा विकास बैंकले ९औं वार्षिक साधारण सभा पुस १० गते गर्ने भएको छ । सभा बिहान ११ बजे जिल्ला समन्वय समितीको तालिम कइा दिक्तेलमा हुने जानकारी गराएको हो ।
सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्ने र आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारीत गर्नेछ । कम्पनीको मंसिर ११ गते बसेको सञ्चालक समितीको बैठकले साधारणसभा गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस