aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

सिक्लेस हाइड्रोपावरले आईपीओ निष्कासन गर्नका लागि बोर्डमा दियो निवेदन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १४ मंसिर २०७८
सिक्लेस हाइड्रोपावरले आईपीओ निष्कासन गर्नका लागि बोर्डमा दियो निवेदन

काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनसँग अनुमति मागेको छ । कम्पनीले २० लाख कित्ता आईपीओ निष्कासन गर्नका लागि अनुमति मागेको हो ।  

विक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । कम्पनीले स्थानिय बासिन्दा र सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नका लागि सेबोनमा कात्तिक २९ गते निवेदन दिएको हो ।  

आईपीओ निष्कासन गर्नका लागि कम्पनीले सेबोनबाट अनुमति पाएसँगै पहिलो चरणमा स्थानिय बासिन्दाका लागि निष्कासन गर्नेछ । त्यसपछि दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।  

प्रतिक्रिया दिनुहोस