aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

आइएमई लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी रकम भुक्तानी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १४ मंसिर २०७८
आइएमई लाइफ इन्स्योरेन्सद्वारा  मृत्यु दाबी रकम भुक्तानी

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ । कम्पनीले मिक्वाखोला गाउँपालिका–५ का विमित स्व. टाशी शेर्पाकी श्रीमती फुलमाया तामाङलाई ५ लाख ६ हजार ५ सय रुपैयाँ हस्तान्तरण गरेको हो ।

कम्पनीका ताप्लेजुङ र फिदिम शाखा इन्चार्ज ङिमा शेर्पा र ताप्लेजुङ शाखा प्रमुख सुर्य गुरुङले संयुक्त रुपमा उक्त रकम प्रदान गरेका हुन् ।स्व. टासी शेर्पाले २०७७ साल असोज १९ गते आइएमई लाइफ इन्स्योरेन्स ताप्लेजुङमा ५ लाख रुपैयाँको बिमा गरेका थिए । 

बीमा जारी भएको छोटो समयमा २०७७साल पौष ११ गते ३७ वर्षको असामयिक उमेरमा उनको निधन भएको थियो । आइएमई लाईफ ताप्लेजुङ शाखाका कम्प्युटर अपरेटर इन्चार्ज दुर्गामाया कार्की , सिनियर एजेन्सी मेनेजर पेम्बा शेर्पा, एजेन्सी मेनेजर दिनेश तामाङ , निरोज शेर्पा, सुमन सेर्पा लगायतको उपस्थितिमा कार्यक्रम गरिएको हो ।

प्रतिक्रिया दिनुहोस