aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने मंगलवार अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १४ मंसिर २०७८
मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने मंगलवार अन्तिम दिन

काठमाडौं । मुक्तिनाथ विकास बैंकले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने मंगलवार अन्तिम दिन रहेको छ । बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १७ दशमलव ५८ प्रतिशत बोनस शेयर र शून्य दशमलव ९३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । 

प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि बैंकले मंसिर २५ गते १५औं वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा प्रयोजनका लागि बैंकले मंसिर १५ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएकाले मंसिर १४ गतेभित्र शेयर कायम गर्नुपर्ने भएको हो । 

हाल बैंकको चुक्तापूँजी रू. ४ अर्ब ८१ करोड १५ लाख ५० हजार छ । सोही पूँजीको आधारमा बैंकले लाभांश वितरण गर्न लागेको हो ।
 

प्रतिक्रिया दिनुहोस