aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सोसियल मिडिया फिल्म अवार्डको दोस्रो संस्करण आयोजना हुँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १४ मंसिर २०७८
सोसियल मिडिया फिल्म अवार्डको दोस्रो संस्करण आयोजना हुँदै

काठमाडौं । ड्रिम वर्ड अफ् फिल्म मेकस् प्रालिले आयोजना गर्न लागेको ‘सोसियल मिडिया फिल्म अवार्डस्–२०७८’ यो दोस्रो संस्करणमा यसपटक लिडिङ वोमन एसोसियसनले सहकार्य गर्ने भएको छ । यसअघि २०७५ सालमा ‘सोसियल मिडिया फिल्म अवार्डस् भव्यताकासाथ सम्पन्न भएको थियो । 

अवार्डको दोस्रो संस्करणमा सहभागिताको लागि दरखास्त आह्वान गरिएको र यो अवार्डमा सहभागी हुन चाहनेहरुका लागि २०७८ कार्तिक १६ गते देखि फारम खुला गरिएका सोसियल मिडिया फिल्म अवार्डस्की अध्यक्ष जानकी प्रधानले बताईन् । अध्यक्ष प्रधानका अनुसार मुलधारका फिल्म, गीत संगीत र म्युजिक भिडियोको अवार्ड भईरहेको बेला फरकधारको यो अवार्ड गर्न लागिएको उनको भनाई छ ।  

ड्रिम वर्डकी अध्यक्ष तथा आयोजक समितिकी कार्यकारी अध्यक्ष शवनम मुखियाले अवार्डमा ‘सर्ट फिल्म’अन्तर्गत छायाँकार, सम्पादक, अभिनेत्री, अभिनेता र निर्देशक, ‘वृत्तचित्र’ चुनौतीपूर्ण समाचारमुलक भिडियो ‘जनचेतना मुलुक विज्ञापन’ अन्तर्गत पिएसए विधामा प्रतिष्पर्धा हुने बताईन् । 

पहिलो महिला छायाँकारसमेत रहेकी मुखियाले ‘सोसियल मिडिया’अन्तर्गत फेसबुक, इन्टाग्राम, ट्विटर, युट्युव, भ्लगमा समावेश गरिएको जनचेतनामूलक र सकारात्मक सन्देश दिने खालका विषयवस्तु समेटिएको भिडियोलाई प्राथमिकता दिईने जानकारी दिईन् ।   

कार्यक्रम संयोजक सन्तोषी अधिकारीका अनुसार आउँदो माघ २८ गते कार्यक्रम आयोजना गरिने छ । फारम र सम्बन्धित विधामा भाग लिने वृत्तचित्र, लघु चलचित्र, जनचेतनामुलक विज्ञापन, युट्युव भिडियो जम्मा भएपछि यसको मनोनयन सार्वजनिकसँगै ‘सोसियल मिडिया फिल्म अवार्ड’ प्रदान गरिनेछ ।

संयोजक अधिकारीका अनुसार यसपटक सञ्चारको क्षेत्रमा, उद्योगको क्षेत्रमा र कलाकारीताका क्षेत्रका साथै समाजिक क्षेत्रमा रही राष्ट्रको निम्ति योगदान दिने विशिष्ट व्यक्तिलाई सम्मान पनि गरिने छ । प्रतिस्पर्धामा सहभागिका लागि अनलाईन मार्फत् फारम  भर्ने व्यवस्था गरिएको छ । 

प्रतिक्रिया दिनुहोस