
एजेन्सी । राजस्थानको सिक्स सेन्सेस होटलमा विक्की कौशल र बलिउड नायिका कट्रिना कैफको विवाहको तयारी पूरा भएको छ । विवाह कार्यक्रम सम्पन्न गराउने जिम्मा डेको इभेन्ट कम्पनीलाई दिइएको छ ।
यस होटलको सबैभन्दा महँगो सुइट दुलही र दुलहाका लागि राजा मानसिंह र रानी पद्मावती दुवैका लागि बुक गरिनेछ । यसको एक रात बसेको मात्रै ७ लाख रुपैयाँ भारु रहेको छ । यसका साथै सात लाखमा होटलमा थप दुईवटा सुइट बुकिङ भइसकेका छन् ।
होटलमा ४ लाख रुपैयाँको १५ वटा सुइट छन् भने बाँकी कोठाको एक रातको १ लाख रुपैयाँ भारुका दरले बुक गरिएका छन । विक्की–कट्रिनाका लागि कोठा बुक गरेपछि उनीहरुको सुरक्षा बढाइएको छ । कैटरीना कैफ र विक्की कौशल आफ्ना परिवारका सदस्यहरूसँग डिसेम्बर ६ मा चेक इन र ११ डिसेम्बरमा चेक आउट हुने गर्ने तालिका बनाएको छ ।
बिहेको तयारी विभिन्न ६ जना बिक्रेतालाई दिइएको छ । यी विक्रेताहरूले फूल, सजावट, सुरक्षा, यातायात, खाना र जंगल सफारी गर्नेछन् । सुरक्षा व्यवस्थाका लागि ५ डिसेम्बरमा जयपुरबाट सवाई माधोपुरमा १०० जना बाउन्सर आउनेछन् । उनीहरुका लागि मीना धर्मशाला बुकिङ गरिएको छ ।
भिआइपी अतिथिको सुरक्षाका लागि राजस्थान प्रहरी पनि तैनाथ हुनेछन् । कट्रिना कैफ र विक्की कौशलको विवाहको कार्यक्रम डिसेम्बर ७ देखि डिसेम्बर ९ सम्म हुनेछ । दुवैले डिसेम्बर ९ मा एकअर्कासँग बिवाह गर्दैछन् । यो विवाह हिन्दु परम्परा अनुसार हुनेछ ।
कट्रिना–विक्कीको परिवार र नजिकका साथीहरूले विवाहको तयारी गर्न थालेका छन् । यसअघि मंसिर ७ गते संगीत र ८ डिसेम्बरमा मेहदीको कार्यक्रम हुनेछ । विवाहको कार्यक्रमपछि दुवैले आफ्ना सबै विशेष पाहुनालाई रिसेप्शन पनि दिइने छ ।
प्रतिक्रिया दिनुहोस