
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बुधवार मंसिर १५ गते रहेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि मंसिर १६ गते एक दिन बुक क्लोज गरेसँगै मंसिर १५ गते बुधवार सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई कुल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले ४७ दशमलव ५ प्रतिशत बोनस शेयर र २ दशमलव ५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
यो प्रस्ताव पारीतका लागि कम्पनीले मंसिर २२ गते साधारण सभा गर्ने भएको छ । सभा हिमालय दृश्य रिर्सोट धुलिखेलामा बिहान १०ः३० बजे शुरु गर्ने जानकारी गराएको छ ।
प्रतिक्रिया दिनुहोस