aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

ग्लोबल आइएमई क्यापिटलको साधारण सभा पुस ९ गते, शतप्रतिशत  लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ मंसिर २०७८
ग्लोबल आइएमई क्यापिटलको साधारण सभा पुस ९ गते, शतप्रतिशत  लाभांश प्रस्ताव

मंसिर १५, काठमाडौं  । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले पुस ९ गते १४औं वार्षिक साधारण सभा आव्हान गरेको छ । क्यापिटलको मंसिर १३ गतेको सञ्चालक समितिको बैठकले ह्यात प्लेस, सोल्टीमोड, काठमाडौंमा अपरान्ह ४ बजे सभा गर्र्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक बर्ष ०७७/७८ सम्मको वार्षिक  प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित शतप्रतिशत लाभांशलाई समेत वितरणयोग्य बनाउँनेछ । यस बर्ष क्यापिटलले ७० प्र्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ३० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । सभामा ग्लोबल आइएमर्ई बैंकबाट प्रतिनिधित्व गर्ने सञ्चालकको विषयमा पनि छलफल हुनेछ  ।

प्रतिक्रिया दिनुहोस