aarthiknews.com बुधबार, १५ जेठ २०८२   Wednesday, 28 May, 2025
 

नाडाकोे नयाँ कार्यसमितिका लागि चौधरीले टिम घोषणा गरे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ मंसिर २०७८
नाडाकोे नयाँ कार्यसमितिका लागि चौधरीले टिम घोषणा गरे

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४५ औं वार्षिक साधारणसभा तथा आगामी कार्यसमितिका लागि करणकुमार चौधरीले आफ्नो टिम घोषणा गरेका छन् । बुधबार राजधानीमा भएको पक्रकार सम्मेलन मार्फत चौधरीले आगामी निर्वाचनका लागि आफ्नो तर्फबाट १८ सदस्यित कार्यसमितिको नाम घोषणा गरेका हुन ।  

करण चौधरीको टिममा टाटा मोटरको नेपाल डिष्ट्रिब्यूटर सिप्रदीदेखि आइएमई मोटरसम्मको साथ रहेको प्यानल घोषणा सभामा अध्यक्षका प्रत्यासि चौधरीले बताएका छन् । उनको टिममा हालका महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, कोषाध्यक्ष सुरेन्द्र उप्रेती, सहकोषाध्यक्ष विक्रम सिंघानियाँ ज्योति ग्रुपको तर्फबाट अभिक ज्योति, देवराज भण्डारी, मिलनबाबु मल्ल, पंकज अग्रवाल, प्रकाश पुरी, निलमणी पाठक, बरदान बस्नेत  छन् ।

त्यस्तै, सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ, गोपाल भट्टराई, गंगाराज भट्टराई, आइएमई मोटरका तर्फबाट निसान ढकाल, वर्ण न्यौपाने,राजेन्द्र अग्रवाल र देवराज भण्डारी रहेका छन् । 
चौधरीले बनाएको टिममा हालको कार्यसमितिको ८० प्रतिशत सदस्यको साथ रहेको दाबी गरिएका छन । टिम घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘नाडालाई सक्षम र सबल टिम बनाउने प्रयासमा छ्ु त्यसमा पनि देशका सबै भूभाग र अटोमोबाइल क्षेत्रका सबैविधालाई समेटेर अबको नयाँ नाडा टिम बन्छ । ’

प्यानल घोषणा गर्दै अध्यक्षका प्रत्यासी चौधरीले आफूले आफ्नो कम्पनीको नाफा घाटाभन्दा अटोमाबाइल क्षेत्रकाको  हितमा काम गर्ने बताए । नेपाल आयात मूखि अर्थतन्त्र बनाउनमा अटोमाबाल क्षेत्रको पनि ठूलो भूमिका रहेकाले देशमा नै अटोमोबाइलको उद्योग स्थापनाका लागि नाडाको टिमलाई लगाउने उद्देश्यले आफ्नो टिम उद्योगीमुखी भएको उनले दावी गरे । नेपालमा एसेम्बल प्लान्टदेखि, लुब्रिकेन्ट, ब्याट्रीको प्लान्ट स्थापना गरेका र भविष्यमा गर्ने तयारीमा रहेकाहरुका कम्पनी सञ्चालकहरुको साथ आफूलाई रहेको चौधरीले बताए  । 

अटोमोबाइल क्षेत्रका नेपालमा भित्रीने चर्चित ब्राण्डहरु सुजुकी, टाटा, महिन्द्रा, फियाट, जेसीबी, स्कोडा, जिप, रेनो, एमजी, यामाहा, हिरो, होण्डा, बजाज, एक्साइड लगायतको साथ आफ्नो टिमलाई रहेको उनले दवाी गरेका छन् ।

नाडालाई अटोमोबाइल क्षेत्रका अभिवाकका रुपमा विकास गर्न आफ्नो टिम लागेको पनि बताए । उनले भने, ‘नाडामा हाल चुनावका लागि टिम बनाएको जस्तो देखिएको छ तर, नाडालाई सबैको साझा सस्था बनाउनका लागि सबै साथीहरुसँग मिलेर जानका लागि करण चौधरी सधै एक कदम आगाडि रहेको जानकारी गराउदछु ।’

प्रतिक्रिया दिनुहोस