
काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट १० दशमलव ५३ प्रतिशत कुल लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीको मंसिर १५ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी ८६ करोड ४० लाख रुपैयाँको आधारमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
प्रतिक्रिया दिनुहोस