
काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस १० गते सातौं वार्षिक साधारणसभा गर्ने भएको छ । कम्पनीको मंसिर १५ गतेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको जानकारी नेप्से मार्फत गराएको हो ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ५८ प्रतिशत नगद लाभांशलाई पनि वितरणयोग्य बनाउँनेछ ।
हाल कायम कम्पनीको चुक्तापूँजी ६ करोड ६० लाखको आधारमा उक्त लाभांश वितरण गर्न लागिएको हो । सभा प्रयोजनका लागि कम्पनीले पुस १ गते एक दिन बुक क्लोज गर्ने जानकारी दिएको छ । बुक क्लोजको आधारमा मंसिर २९ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
प्रतिक्रिया दिनुहोस